७ असार २०८२, शनिबार | Sat Jun 21 2025


विदेश जाँदा र आउँदा नेपालीलाई पाइलैपिच्छे सास्ती


0
Shares

काठमाडौं । म पहिलोपटक कतार आएको हुँ । यहाँ आउनुअघि नेपालमै जोन्सन एन्ड जोन्सनको खोप लगाएको थिएँ । तर, कतारमा १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्यो । क्वारेन्टिनमा पाँच हजार कतारी रियाल अर्थात एक लाख ६१ हजार नेपाली रुपैयाँ खर्च भयो ।

यो खर्चमध्ये कम्पन्नीले मेरो तलबबाट आधा काट्ने र बाँकी आधा कम्पनीले भुक्तानी गर्ने रहेछ । भारत र श्रीलंकाबाट आएका साथीहरुको एक हजार आठ सय कतारी रियाल काटेको थियो रे । यो भनेको ६१ हजार नेपाली रुपौयाँबराबर पर्न आउँछ ।

उनीहरुकै हिसाबमा मेरो पनि काट्दा एक महिनाबराबरको तलब क्वारेन्टिन खर्चमै जाने भयो । अहिले मैले क्वारेन्टिन अवधि सकेर काम सुरु गरिसकेको छु कतारमा क्वारेन्टिनलगायत व्यवस्थापन सबै कम्पनीले नै गरेका कारण् खर्चबाहेक हरु झन्झट भएन ।

बरु नेपालमा हुँदा नै कागजपत्र बनाउन सास्ती खेप्नुपर्यो । मसँग सातजना साथीहरु थिए । सबैले सिभिल अस्पताल गएर खोप लगाएको प्रमाणपत्र बनाएका थियौं । अीपतालले उक्त प्रमाणपत्र अनलाइन गरिदिनुपर्ने रहेछ । तर, मसँगै आएका दुईजनाको अनलाइन नगरिदिँदा उनीहरुले खोप लगाएको प्रमाणित हुन सकेको छैन ।

नयाँ पत्रिका