
काठमाडौं, साउन १६ । बुधबार सेयरबजार परिसूचक नेप्से सामान्य अंकले सुधारियो ।
यसदिन नेप्से २ अंक बढीले सुधारिएर ११ सय ९३ विन्दुमा पुग्यो ।
यसदिन कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से हरियो भएको हो । निर्जिवन बिमा समूह सबैभन्दा उच्च ३२ अंकले बढ्यो ।
यस्तै, जीवनबिमा समूह २८ अंकले उक्लियो भने वाणिज्य बैंक समूह सामान्य अंकले सकारात्मक रहे्यो । अन्य, जलविद्युत् र वित्त समूहमा भने गिरावट आयो ।
यसदिन १५४ कम्पनीका ७ लाख ६६ हजार कित्ता सेयर २२ करोड रुपैयाँमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्