६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


काभ्रेमा खोलाले बगाउँदा बालकको मृत्यु


0
Shares

काभ्रे, भदौ ३० । काभ्रेको रोशी खोलामा खोलाले बगाउँदा ८ वर्षीय बालकको मृत्यु भएको छ ।

रोशी गाउँपालिका–५ बस्ने प्रकाश कुमार लामाका छोरा अबि तामाङ विद्यालयबाट घर फर्किदै गर्दा रोशी गाउँपालिका– ९ कालो पुलनजिक रोशी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

रोशी गाउँपालिका– ११ कालढुंगास्थित खोला किनारमा मृत अवस्थामा अबि फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।