Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


तालिवान समूहबाट भएको मानव अधिकार हनन र दुर्व्यवहारको तुरुन्त छानबिन गर्न


0
Shares

एजेन्सी । अफगानिस्तानको विघटित सरकारद्वारा नियुक्त एक राजदूतले तालिवान समूहबाट भएको मानव अधिकार हनन र दुर्व्यवहारको तुरुन्त छानबिन गर्न संयुक्त राष्टसंघलाई आग्रह गरेका छन् ।

जेनभामा आयोजित संयुक्त राष्टसंघको मानव अधिकार परिषदमा बोल्दै राष्टसंघका लागि अफगानिस्तानका स्थायी प्रतिनिधि नाशिर अहमद अन्दिशाले तालिवानले गत अगष्ट १५ मा अफगानिस्तानको सत्ता कब्जा गरेपछि भएका हिंसात्मक घटनाको अन्तर्राष्टिय स्तरबाट छानबिन हुनुपर्ने माग राखेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै राजदूत अन्दिशाले तालिवान समूहले विशेष गरी महिला तथा बालिकाहरूमाथि गरेको हिंसामाथि छानविन हुनुपर्ने माग राखेका छन् । राजदूत अन्दिशाले पञ्जशिर प्रान्तमा पनि राष्टसंघको टोली पुग्नु पर्ने माग गरेका छन् ।