५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


प्रस्तावित प्रधानन्यायाधीश जोशीको विषयमा बुधबार पनि भएन निर्णय


0
Shares

काठमाडौं, साउन १६ । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको विषयमा बुधबार पनि निर्णय गर्न सकेन ।

समितिको बुधबार बसेको बैठक पनि निर्णयमा पुग्न नसकेपछि अर्को बैठक शुक्रबारसम्मका लागि सारिएको छ ।

साउन ९ गते समितिले जोशीको सम्बन्धमा सुनुवाइ गरेको थियो । त्यसयता समितिका दुईओटा बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।

प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा सत्तारुढ दल निर्णयमा पुग्न नसक्दा प्रक्रिया लम्बिएको हो ।

शुक्रबार बस्ने बैठकमा सहमति नभएपनि प्रक्रियामा गएर निर्णय हुने सत्तारुढ दलनिकट समितिका सदस्यहरुले बताएका छन् ।

नेपाली कांग्रेसका सदस्य भीमसेनदास प्रधानले पनि आगामी शुक्रबारसम्म निकास आउने विश्वास व्यक्त गरे ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक योग्यता र उनले यसअघि गरेका फैसलाहरुका कारण सत्तारुढ दल जोशीको नाम अनुमोदन नगर्ने पक्षमा रहको छ भने प्रतिपक्ष नेपाली कांग्रेस जोशीको पक्षमा उभिएको छ ।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको एसएलसीको प्रमाणपत्रबारे शंका उब्जिएको छ भने उनले गरेका फैसला र आदेशबारे संसदीय सुनुवाइ समितिमा प्रश्न उठ्दासमेत सन्तुष्ट हुने जवाफ नआएको समितिका सदस्यहरुको भनाइ रहेको छ ।