एजेन्सी । अमेरिकाले उत्तर कोरियासँग वार्ताको ढोका खुला रहेको बताएको छ ।
उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेपछि अमेरिकाको यस्तो प्रतिक्रिया आएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडनका उत्तर कोरियाली दूत सुङ किमले वार्ताको लागि ढोका खुला रहेको बताएका छन् ।
टोकियोमा जापान र दक्षिण कोरियाली अधिकारीसँगको वार्ताको क्रममा उनले यस्तो बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उत्तर कोरियाप्रति अमेरिकाको कुनै पनि शत्रुतापूर्ण व्यवहार नरहेको उनको भनाई छ । तीन मुलुकका राजदूतले उत्तर कोरियालाई पुनः वार्तामा ल्याउनुपर्ने विषयमा चर्चा गरेका थिए ।
त्यस्तै अहिले खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियालाई मानवीय सहायता दिने प्रस्ताव पनि सो छलफलमा भएको बताइएको छ ।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई वर्षअघि उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ताको प्रयास गरेका थिए । तरपनि वाताको यो प्रयास सफल भएको थिएन् ।
आइतबार उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको थियो ।
उत्तर कोरियाले यसअघि जो बाइडनले राष्ट्रपतिको शपथ लिएसँगै क्रुज मिसाइल परीक्षण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्