जनकपुर । प्रदेश २ मा सरकारले हालै गठन गरेको जन लोकपाल आयोग विवादित बनेको छ ।
भ्रष्टाचार न्यूनीकरणका लागि प्रदेश सरकारले गठन गरेको आयोगमा मुख्यमन्त्री लालबावु राउतले मनपरी पदाधिकारी नियुक्ति गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले असन्तुष्टी जनाएका छन् ।
मुख्यमन्त्री लालबाबु राउतले अघिल्लो मंगलबार साँझ आयोगका अध्यक्षमा रौतहटका कानुन व्यवसायी रामसहाय प्रसाद यादवलाई नियुक्त गर्नुभएको थियो ।
यसैगरी, जनकपुरधामका राजकिसोर साह र महोत्तरीकी शोभा महतोलाई सदस्यमा नियुक्ति गरिएको थियो ।
आयोगसँग सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार र अनियमितता गरेका उजुरी वा जानकारीका आधारमा प्रारम्भिक छानबिन गर्ने आयोग बनाईएको थियो ।
प्रतिक्रिया दिनुहोस्