
तस्बिर फाइल
कैलाली, भदौ २८ । सुदूरपश्चिम प्रदेश सरकारलाई पनि नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गर्ने भएको छ ।
सोमबार धनगढीमा बसेको पार्टीको संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो ।
प्रदेशसभा सदस्य दुर्गा विकले ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको जानकारी दिनुभयो । संसदीय दलको विधान बनाउनका लागि तीन सदस्यीय समितिसमेत गठन गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्