
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा ३४ नेपाली स्वदेश फर्कने पर्खाइमा छन् । नेपाली सेनाबाट अवकाश पाएका १२ र भारतीय सेनाबाट अवकाश पाएका २२ पूर्वसुरक्षाकर्मीमध्ये कोही चार महिनादेखि त कोही डेढ वर्षदेखि काबुल पुगेर पनि बेरोजगार छन् ।
नेपालमा दलाललाई सात लाख बुझाएर गएका उनीहरुमध्ये अधिकांशले काबुल पुगेपछि अफगान दलाललाई थप चारदेखि आठ लाखसम्म बुझाएको बताएका छन् ।
तर, खाने र बस्ने सुविधाबाहेक उनीहरुले कुनै रोजगारी पाएनन् । तालिवान सत्तामा आएपछि ज्यान जोगाउँदै एयरपोर्ट र गुरुद्धार हुँदै अहिले उनीहरु युएन एरियामा बसेका छन् ।
सबै रितोहात फर्किँदै छन् । संयुक्त राष्ट्रसंघीय कार्यालय र युनिसेफमा कार्यरत चार सय ७० नेपाली सुरक्षाकर्मीमध्ये सय र बेरोजगार अवस्थाका ३४ जनालाई चार्टर उडानबाट काठमाडौं ल्याउने भनिएको छ । तर, कहिले ल्याउने भन्ने अझै टुंगो छैन । नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस्