
काठमाडौं, पुस ५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष सैन्य बलका लागि औपचारिकरुपमा आर्थिक कोषको विनियोजन गरेका छन् । नयाँ सैन्य सेवा अमेरिकी हवाई सेनाअन्तर्गत् रहनेछ ।
वासिङ्टनस्थित अमेरिकी सेनाको बेसमा आयोजित कार्यक्रममा राष्ट्रपति ट्रम्पले अन्तरिक्ष विश्वको नयाँ युद्ध भूमि हुने बताए ।
मुलुकको राष्ट्रिय सुरक्षामा खतरा हुने भन्दै उनले त्यसको तयारीका लागि अन्तरिक्ष सैन्य बल स्थापना गरेको स्पस्ट पारे ।
राष्ट्रपति ट्रम्पले ७३८ अर्ब अमेरिकी डलरको सेनाको वार्षिक बजेट विनियोजन गरिएको पत्रमा हस्ताक्षर गरे । जसमा पहिलो वर्ष अन्तरिक्ष सैन्य बलका लागि चार करोड डलर छुट्याइएको छ ।
अन्तरिक्ष सैन्य बल अन्तरिक्षमा रहने छैन । तर, सन्चार र गुप्तचरी काममा रहेका सयौं अमेरिकी भूउपग्रह सुरक्षाको काम गर्नेछ ।
सुरुमा अन्तरिक्ष सेनाको संख्या १६ हजारको हाराहारीमा रहनेछ ।
चीन र रुसले आफ्ना सुरक्षा निकायको क्षमता बढाउँदै लगेपछि अमेरिका अन्तरिक्ष सेना गठनमा लागेको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्