Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


बलपूर्वक फेरियो बजेट


0
Shares

काठमाडौं । अध्यादेशमार्फत १५ जेठमा ल्याइएको आर्थिक वर्ष २०७८र०७९ को बजेट सरकारले शुक्रबार संशोधन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा अवरोधका बीच प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँबराबरको बजेट पेस गरेका हुन्। यो अघिल्लो सरकारले ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोडको तुलनामा करिब १५ अर्बले कम हो।

कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालूतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड छ। पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड छ। वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड छ। प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड छुट्ट्याइएको छ। वित्तीय हस्तान्तरणतर्फ विनियोजित बजेटमध्ये चालू खर्चमा समानीकरण अनुदानसहित ३ खर्ब २५ अर्ब ७५ करोड र पुँजीगततर्फ ६१ अर्ब ५५ करोड छ।

अघिल्लो बजेटले प्राथमिकतामा राखेको करिब १४ सय आयोजना हटाएको छ। यससँगै पुँजीगत खर्चमा केही कटौती गरेको जनाइएको छ। चालू आवका लागि खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड र वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड लिइने उल्लेख छ। बाँकी रकममध्ये वैदेशिक ऋणबाट २ खर्ब ८३ अर्ब ९ करोड र आन्तरिक ऋणबाट २ खर्ब ३९ अर्ब व्यहोरिने विधेयकमा छ। विनियोजन अध्यादेश २०७८ मा प्रस्ताव गरिएको आन्तरिक ऋण तथा वैदेशिक ऋणको अंश करिब ३७ अर्बले घटेको छ।

न्नपूर्ण