Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


सरकारले घटायो १५ अर्बले बजेटको आकार, नयाँ बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड (पूर्णपाठ)


0
Shares

काठमाडौं, भदौं २४ । प्रतिस्थापन विधेयक मार्फत सरकारले पूर्ववर्ती केपी ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको आकार १५ अर्बभन्दा बढीले घटाउँदै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बनाएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसदको नाराबाजी र अबरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत् ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड बजेटमा केही घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गर्नुभएको हो ।

कुल विनियोजनमध्ये संघको चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात ४१.४२ प्रतिशत, पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रूपैयाँ अर्थात २३.१६ प्रतिशत अर्थात र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११.६ प्रतिशत र प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरण मार्फत ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३.७२ प्रतिशत बजेट छुट्याइएको छ ।

यस्तो छ, बजेटको पूर्णपाठः