काठमाडौं, भदौं २५ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच संसदमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्नुभएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभाको तेस्रो बैठक शुरु हुनासाथ एमाले सांसदहरुको वेल घेराउकै बीच मर्यादापालकहरुको सुरक्षा घेराबाट रोष्टममा पुग्नुभएका अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेश गर्नुभएको हो ।
विधेयक पेश गर्दै मन्त्री शर्माले बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरेको र यसरी कटौती गर्दा बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको मन्त्री जानकारी दिनुभयो ।
यसैगरी, सरकारले सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने जनाएको छ । मन्त्री शर्माले सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार रकम दिन लागेको बताउनुभयो ।
यसैगरी, कोभिडका कारण रोजगारी गुमाएका पाँच लाख विपन्न परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने सरकारले जनाएको छ । स्थानीय तहको समन्वयमा उक्त रकम उपलब्ध गराइने उहााले उल्लेख गर्नुभयो ।
यसैगरी, राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा पनि गरिएको छ । मन्त्री शर्माले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्