६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने


0
Shares

काठमाडौं । सरकारले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने भएको छ ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने जानकारी दिनुभयो ।

यसअघि टेलिभिजन, रेडियो, पत्रपत्रिकाले मात्र लोक कल्याणकारी विज्ञापन पाउँदै आएका छन् ।