तालिवानबारे साउदी अरबको प्रतिक्रिया : तालिवानले हिंसा त्याग्ने विश्वास छ « Image Khabar


तालिवानबारे साउदी अरबको प्रतिक्रिया : तालिवानले हिंसा त्याग्ने विश्वास छ


Border circle
Imagekhabar

एजेन्सी । अफगानिस्तामा तालिवानको अन्तरिम सरकार गठनबारे साउदी अरबले पहिलोपटक प्रतिक्रिया दिएको छ । साउदी अरबका विदेशमन्त्री प्रिन्स फैली बिन फरहानले तालिवान सरकारबारे प्रतिक्रिया दिँदै तालिबान र सबै पक्ष शान्ति र सुरक्षाका लागि काम गर्ने धारणा व्यक्त गे ।

विदेशमन्त्री फरहानले तालिवानले सही दिशामा काम गर्ने र हिंसा त्याग्ने विश्वास व्यक्त गरे । उनले अतिवादको मुक्ति दिलाउन साउदी अरब अब अफगानिस्तानमा शान्ति र स्थिरताको आशा गर्ने अभिव्यक्ति दिएका छन् । साउदी अरबले तालिबानले अफगानिस्तानमा अन्तरिम सरकारको घोषणा गरेको एक सातापछि दिएको अभिव्यक्तिलाई महत्वपूर्णका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्