Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


बजेट र एमसीसीमा राजनीतिक गाँठो


0
Shares

काठमाडौं । संसदको नवौँ अधिवेशनका दुई प्रमुख एजेण्डा छन्। पहिलो बजेट अध्यादेश प्रतिस्थापन गर्ने। दोस्रो, अमेरिकी सहयोग मिलेनियम कर्पोरेसन ९एमसीसी० सम्बन्धी निर्णय लिने। राजनीतिक दलबीचको द्वन्द्व र सत्तागठबन्धन भित्रको किचलोले यी दुवै एजेण्डा अन्योलमा छन्। बुधबारबाट सुुरु भएको संसद्को अधिवेशनमा सभामुख अग्नि सापकोटाको भूमिकामाथि नै प्रश्न उठाएर विपक्षी एमालेले अवरोध सुरु गरिसकेको छ। संसद्कै नेताको भूमिकामथि उठेको प्रश्नको निरुपण नभई बजेट अध्यादेश र एमसीसीबारे निर्णय प्रक्रिया सुरु हुन सक्दैन।

एमालेले सभामुखमाथि ‘गम्भीर’ प्रश्न उठाएकाले सबैभन्दा पहिले त्यसको निरुपण जरुरी छ। आफ्नो दल फुटाउन सभामुख सापकोटाले सहयोगी भूमिका खेलेको भन्दै एमालेले त्यसको निरुपण हुनुपर्ने माग गरेको छ। पूर्वसभामुख दमननाथ ढुंगानाले सभामुख सापकोटामाथि गम्भीर प्रश्न उठिसकेकाले अब उनलाई बैठकको अध्यक्षता गर्न नै गाहे हुने टिप्पणी गरेका छन्। ‘सत्ता गएको चोट एमालेलाई पर्नु स्वाभाविक हो,’ संविधानविद् एवं कांग्रेसका राष्ट्रियसभा सांसद राधेश्याम अधिकारी भन्छन्, ‘एमालेले सभामुखमाथि जुन आरोप लगाएर अवरोध गरेको छ, त्यो राम्रो भएन। देश र जनतालाई केन्द्रमा राखेर निर्णय गर्नुपर्छ।’

अन्नपूर्ण