काठमाडौं, पुस ३ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा संक्षिप्त भेटवार्ता गरेका छन् ।
त्यस अवसरमा उनीहरुबीच मुलुकको समसामयिक राजनीतिक अवस्था तथा भोलिदेखि प्रारम्भ हुने संघीय संसदका दुवै सदनमा प्रस्तुत हुने विधेयकहरुबारे विचार–विमर्श भएको थियो ।
पूर्वप्रधानमन्त्री देउवाका साथ पार्टीका केन्द्रीय सदस्य रमेश लेखक पनि थिए । रासस









प्रतिक्रिया दिनुहोस्