५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


ओलीको रिटमा २८ गते पेसी


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० बदर र पार्टीले कारबाही गरेका प्रतिनिधिसभा सदस्यलाई पदमुक्त गर्नुपर्ने माग राखेर दायर गरेको रिटमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले एक सातापछि पेसी तोक्दै दुवै पक्षलाई छलफलमा बोलाउन मंगलबार आदेश गरेको हो।

‘रिटमा अन्तरिम आदेश जारी हुने–नहुने सम्बन्धमा दुवै पक्षलाई राखी छलफल गर्न उपयुक्त देखिएकाले भदौ २८ मा अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि पेसी तोकी जानकारी दिनू’ आदेशमा छ। दुवै पक्षको उपस्थितिमा सुनुवाइ भएपछि ओलीले रिटमा माग गरेबमोजिम अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा सर्वोच्चले निर्णय गर्नेछ।

ओलीले एमालेबाट फुटेर बनेको नेकपा ९एकीकृत समाजवादी० दल र पार्टीले कारबाही गरेका प्रतिनिधिसभा सदस्यको पद बदरको मागसहित बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। एमालेको बैठकबाट कारबाही गरिएका पार्टीका प्रतिनिधिसभा सदस्यलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरी नयाँ पार्टी खोल्न सघाएको भन्दै ओलीले रिट निवेदन दर्ता गराएका हुन्।

एमालेभित्र लामो विवादपछि नेपाल नेतृत्वमा नेकपा ९एकीकृत समाजवादी० दर्ता भएको छ। रिटमा एमालेले कारबाही गरिसकेका प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षर मानेर निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गर्नु कानुनविपरीत भएको दाबीसहित खारेजीको माग गरिएको छ।

रिटमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालय, संघीय संसद् सचिवालय, प्रतिनिधिसभाका सभामुख सापकोटा, नेकपा ९एकीकृत समाजवादी०, नेकपा एमालेबाट निष्कासित गरिएका नेपालसहित १६ सांसद ९संघ र प्रदेशका गरी० र लुम्बिनी प्रदेशका सभामुखसमेतलाई विपक्षी बनाइएको छ।

नागरि