काठमाडौं, भदौ २२ । विकास बैंकहरुको कर्जा लगानी साता दिनमै करिब ४ अर्बले बढेको छ ।
नेपालका कूल १८ विकास बैंक मध्ये १५ वटा बैंकको तथ्यांक अनुसार गएको भाद्र १२ देखि १८ गतेसम्मा विकास बैंकको कर्जा लगानी ३ अर्ब ७३ करोड अर्थात् शून्य दशमबल ८७ प्रतिशतले बढेको डेभलेपमेन्ट बैंकर्स एशोसिएसन नेपालले जनाएको छ ।
यस अवधिमा यी बैंकको कूल कर्जा तथा लगानी ४ खर्ब २९ अर्बबाट ४ खर्ब ३३ अर्ब पुगको हो । यस्तै, यस अवधिमा निक्षेप भने १ अर्ब ४० करोड करिब शून्य दशमलब दुई नौ प्रतिशत बृद्धि भएको संघले जनाएको छ ।
यस अवधिमा यी बैंकको कूल निक्षेप संकलन ४ खर्ब ८७ अर्ब १४ करोड बाट ४ खर्ब ८८ अर्ब ५४ करोड पुगेको संघले जनाएको छ । यी मध्ये राष्ट्रिय तहका विकास बैंकको निक्षेप संकलन बढेको छ भने क्षत्रिय बैंकको निक्षेप घटेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्