Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


बर्दियामा स्थानिय तहका कर्मचारी आन्दोलित


0
Shares

बर्दिया, भदौ २२ । बर्दियामा स्थानिय तहका कर्मचारीहरु आन्दोलित भएका छन् ।

आफुहरुलाई बिभेद गरेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।

आन्दोलनकारीले कर्मचारी समायोजन ऐन २०७५ बमोजिम नियुक्ति लिई काम गरिरहेको अवस्थामा आफुहरुलाई निजामती कर्मचारी परिभाषाबाट बाहिर राख्दै आएको, सुबिधाको सम्बन्धमा नीतिगत व्यवस्था नगरेको, बृत्तीय पथको आधार सुनिश्चित नगरिएको, स्थानीय तहको सेवामा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धमा कानुनी व्यवस्था नगरिएको विरोधमा बर्दियाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष १३ बुँदे बिरोध पत्र समेत बुझाएका छन् ।

माग सम्बोधन नगरिए चरणबद्व आन्दोलन गर्ने स्थानीय तह कर्मचारी हकहित मञ्चका सदस्य खड्ग प्रसाद ओलीले जानकारी दिनुभयो ।