
तेह्रथुम, पुष ३ । तेह्रथुमको बसन्तपुरमा लाग्ने चोत्लुङ मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
चासोक तङ्नामको अवसरमा तेह्रथुमको लालिगुराँस नगरपालिकास्थित चोत्लुङ पार्कमा मेला लाग्दैंछ । मेला यही पुष ५ गतेदेखि ८ गतेसम्म चल्ने नगरपालिकाले जनाएको छ ।
लिम्बु समुदायको मौलिकतासँग जोडेर ढुङ्गा मात्र प्रयोग गरेर बनाइको चोत्लुङ पार्कमा लाग्ने मेलामा युमा संग्राहलयको उद्घाटन, खाँबोपूजा, च्याब्रङ नाच, धान नाच, कलाकारको प्रस्तुतिलगायतका कार्यक्रमहरु हुने नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले जानकारी दिए ।
आदिमकालदेखि आफ्नै भाषा, लिपी, धर्म, संस्कार, सँस्कृती, रितीरिवाज रहेको लिम्बुजातीमा ढुङगाको छुट्टटै महत्व रहेको र यसको पुरातात्विक सभ्यताको भग्नावशेष जगेर्नाको अभिप्रायले पार्क बनाईएको थियो । पार्कको विभिन्न भागमा अग्ला अग्ला ढुङगाका स्तम्भहरु गाडिएका छन् ।
यसरी ढुंङगा गाडिने परम्परा लिम्बु समुदायमा प्राचिनकालदेखि नै छ । लिम्बुहरुले जन्मदेखि मृत्युसम्म विभिन्न सामाजिक संस्कारमा लुङ अर्थात ढुंङगा गाड्छन् ।
आदिम कालमा लिम्बुजातिको युमा (पितृ) ले प्रयोग गरेको तान बुन्ने ठाँउ र धागो अड्याउने खम्बा यहाँ राखिनु पार्कको विशेषता हो । यो ढुंगाको उचाई करिब १६ फिटसम्मको छ ।
प्रतिक्रिया दिनुहोस्