एजेन्सी । विश्वकप फुटबलअन्तर्गत युरोपेली समुहको छनौट खेलमा स्पेन, बेल्जीयम, पोल्याण्ड र जर्मनीले फरााकिलो जित निकालेका छन् ।
समुह ‘बी’ अन्तर्गतको खेलमा स्पेनले जर्जियालाई ४–० ले हरायो । यही समुहको अर्को खेलमा कोसोभो र ग्रिसले १–१ गोलको बराबरी खेले । समुह ‘सि’ को खेलमा स्विट्जरल्याण्ड र इटालीले गोलरहित बराबरीमा चित्त बुझाए ।
यो बराबरीसँगै इटालीले ३६ खेलसम्म अपराजित रहने टिमको कीर्तिमान बनाएको छ । रोबर्टो मान्सिनीको प्रशिक्षणमा रहेको इटालीले सन् २०१८ सेप्टेम्बरमा नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएयता कुनै हार वेहोरेको छैन ।
गएराति भएको अर्को खेलमा बेल्जीयमले चेक गणतन्त्रलाई ३–० ले हराउँदा पोल्याण्डले सान मारिनोमाथि ७–१ को जित निकाल्यो ।
यसैगरी जर्मनीले अर्मेनियालाई ६–० ले हराउँदा रोमानियाले लिचेस्टाइनमाथि २–० को जित निकाल्यो ।
प्रतिक्रिया दिनुहोस्