६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


एमसीसीको सम्बन्धमा उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडी बढ्छ : महत


0
Shares

काठमाडौं, भदौ १९ । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडी बढ्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहमहामन्त्री महतले एमसीसी विभिन्न सरकारहरुको सहभागितामा टुंगो लागिसकेको विषय भएकाले यससम्बन्धमा नेपाली जनतामाझ उठेका आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि प्रक्रिया अगाडी बढ्ने बताउनुभएको हो । एमसीसी सैन्य प्रयोजनको लागि नभएको सम्झौतामा उल्लेख नै भएको उहाँको जिकिर छ ।

अर्को एक प्रसंगमा कांग्रेस सहमहामन्त्री महतले सत्तारुढ गठबन्धनका दलहरुले मन्त्रीको नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै नाम पाउनासाथ बिस्तार हुने बताउनुभयो । कांग्रेसले पार्टीभित्रबाट कसलाई मन्त्री बनाउने भनेर नाम तय गरिसकेको उहाँले जानकारी दिनुभयो ।