१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


मेलम्ची तथा हेलम्बु बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न गृहमन्त्री खाँणको निर्देशन


0
Shares

किरण थापा

सिन्धुपाल्चोक । गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची तथा हेलम्बुको बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिनु भएको छ।

गृहमन्त्री खाँणले आज सिन्धुपाल्चोकको मेलम्ची र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण गर्न निर्देशन दिनु भएको हो । गृहमन्त्री खाँणले हेलिकप्टरबाट मेलम्ची नगरपालिकाको मेलम्ची बजार तथा हेलम्बु गाउँपालिकाको गाउँपालिकाको वडा नम्बर – २ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गर्नु भएको थियो ।

साथै टोलीले सो क्षेत्रमा बाढीपहिराेबाट भएको क्षति तथा पहिरो प्रभावितको अवस्था बारेमा जानकारी लिएको थियो। टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत र हवाई अवलोकन गरेको थियो ।

गृहमन्त्रीसहितसांसद शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालगायतकाे टोलीले साे क्षेत्रकाे निरीक्षण गरेकाे थियाे । गत असार १ र १६ गतेको आएकाे वर्षाको कारण सो क्षेत्रमा बाढीपहिराेले ठूलो धनजनको क्षति भएको छ ।

तस्वीर : किरण थापा