२ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 14 2025


पेट्रोलियम पदार्थको मूल्यवृद्धि


0
Shares

काठाडौं, पुष २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य दुई रुपैयाँ बढाएको छ ।

निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले मंगलबार राति देखि लागु हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य समायोजन गरेको जानकारी दिए ।

उनले पेट्रोलियम पदार्थको नयाँ अन्तराष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य बढाइएको बताए  निगमले डिजेल र मट्टीतेलको खुद्रा मूल्य वृद्धि गरे पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखेको छ ।

यसअघि मंसिर १६ गते पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको थियो ।

मूल्य समायोजन गरेपश्चात नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य २०.४१ रुपैयाँ प्रतिलिटरले सस्तो र डिजेलको खुद्रा बिक्री मूल्य १७.१६ रुपैयाँ प्रतिलिटरले नेपालतर्फ सस्तो हुन गएको छ ।