१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


पार्टी विभाजनको औचित्य पुष्टि गरेर देखाउन एकीकृत समाजवादी पार्टीको नेतृत्वलाई नेम्वाङको चुनौति


0
Shares

काठमाडौं, भदौ १८ । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौति दिनु भएको छ ।

नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने बताउनुभयो ।

पार्टी निकट प्रगतीशील तथा पेशागत कानून व्यवसायी संगठनले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले कुन विचारधारा, दर्शन र कार्यक्रमको आधारमा पार्टी विभाजन गरेको ? भनेर माधव पक्षीय नेताहरुलाई प्रश्न गर्न पार्टी पंक्तिलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा नेता अग्नीप्रसाद खरेलले प्रचण्ड र माधव नेपालले अध्यक्ष केपी ओलीमाथि हुँदै नभएको जघन्य आरोप लगाएर पार्टी फुटाएको आरोप लगाउनुभयो ।

नेता खरेलले दल फुटाउन अध्यादेश ल्याएको भन्दै सरकारप्रति आक्रोश पोख्नु भयो । लोकतन्त्रमा दलहरु फुटाउने काम गर्नु अपराध हुने उहाँको तर्क थियो ।