६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


कांग्रेस सभापति देउवाकै गृह जिल्लामा वडा अधिवेशन अन्यौलमा


0
Shares

डडेल्धुरा, भदौ १८ । नेपाली कांग्रेसका सभापति तथा शेरबहादुर देउवाकै गृह जिल्ला डडेल्धुरामा वडा अधिवेशन अन्यौलमा परेको छ ।

वडा अधिवेशन हुने निर्धारित मिति आजसम्म क्रियाशील सदस्यता नटुंगिएकाले यस्तो अन्यौलता देखिएको कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्लले जानाकरी दिनुभयो ।

पाँच हजार ८ सय क्रियाशिल सदस्य रहेको डडेल्धुरामा सदस्यता किचलो जारी छ ।

जिल्ला कमिटीले पठाएका सदस्यहरुको नाम हेरफेर भएपछि वडा, पालिका र जिल्ला अधिवेशन पेचिलो बनेको हो ।

क्रियाशिल सदस्यहरुको नामावली प्रकाशित नभएकाले खटाईएका प्रमुख निर्वाचन अधिकृतले नामावली प्रकाशन गर्न सकेका छैनन् ।