१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


प्रहरीलाई झुट्टा सूचना दिने महिला पक्राउ


0
Shares

चितवन, भदौ १७ । प्रहरीलाई झुट्टा सूचना दिने एक जना महिला पक्राउ परेकी छिन् ।

बारा कोल्वी घर भई हाल चितवनको भरतपुर १२ बस्ने ४५ वर्षकी राजकुमारी चौधरी पक्राउ परेकी छन् ।

उनले जिल्ला प्रहरी कार्यालय चितवनलाई आफूले १० लाख रुपैयाँ निकालेर आउनेक्रममा अपरिचित व्यक्तिले अपहरण गरेर जंगलको झुपडीमा लुकाएको छ भनी फोन गरेकी थिइन ।

मालपोतचोक स्थित एन एम बि बैकको कार्यालयबाट दश लाख रुपैया निकालेर आउने क्रममा नचिनेका ब्यक्तीले अपहरण गरेर जंगलको झुपडीमा राखेको भन्दै सूचना दिएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो ।

चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको चितवन प्रहरीले जानकारी दिएको छ।