७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


अढाइ विगाहमा लगाइएको गाँजाखेती प्रहरीद्वारा नस्ट


0
Shares

सर्लाही, पुस १ । सर्लाहीको हरिवन नगरपालिका–१, बेलडाँडास्थित अढाइ विगाह जग्गामा लगाइएको अवैध गाँजाखेती प्रहरी नस्ट गरेको छ ।

जिल्लाको उत्तरी भेगस्थित चुरे क्षेत्रमा करिब १० हजार गाँजाको बोट जिल्ला प्रहरी कार्यालय मलंगवा र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको संयुक्त टोलीले फडानी गरेको हो ।

सर्लाही प्रहरी प्रमुख विश्वमणि पोखरेलले उत्तरी चुरे क्षेत्रका अरु बस्तीमा पनि लुकिछिपी गाँजाखेती भइरहेको सूचना आएको भन्दै प्रहरी परिचालन गरी गाँजा खेती नस्ट गर्ने योजना बनाइएको बताए ।