दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु « Image Khabar


दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु


Border circle
Imagekhabar

दाङ । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले कार बगाउँदा घोराही १३ निवासी ४० वर्षकी रितामाया पुन, सोही ठाउँकै ३२ वर्षिय शुसीला श्रेष्ठ, घोराही-१४ निवासी ३१ वर्षकी राधा कुवँर, सोही ठाउँकै ४२ वर्षिय यमुना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

गएराती १० बजेतिर प्रदेश-३-०१-०२४ नम्बरको कारलाई खोलाले बगाएको हो । कारमा पाँच जना सवार रहेको र चालक घोराही-१५ निवासी नरबहादुर पुनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

खुट्टा भाचिएको अवस्थामा चालक पुनलाई उद्धार गरिएको हो । मृतक चारै जनाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्