Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


विद्याको सपथ ग्रहण आज


0
Shares

काठमाडौं, पुष १ । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छिन् ।

उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउने तालिका तय भएको संसद सचिवालयले जनाएको छ ।

गत  मंसिर १४ गते भएको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

उनले २४ हजार ३ सय ९५ मत पाउँदा प्रतिद्वन्दी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९८६ मत पाएका थिए ।

तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की २ मा नेकपाले रविन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।