चितवन । नेपाल तरुणदल जिल्ला कार्य समिति चितवनले पूर्व जिल्ला सभापति विकास कोइरालाको क्रियाशील सदस्यता नविकरण गर्न माग गरेको छ ।
बुधबार जिल्ला सभापति जितनारायण श्रेष्ठलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै समितिले पूर्वसभापति कोइरालाको क्रियाशील सदस्यता नविकरण गर्न माग गरेको हो ।
कांग्रेसको १२ औं महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका कोइरालाले २०७० को निर्वाचनमा बागी उम्मेदवार बनेपछि कांग्रेस पार्टी केन्द्रीय समितिले सोही वर्षको कार्तिक २ गते अनुशासनको कारबाही गरेको थियो ।
कारबाहीपछि पनि निरन्तर कांग्रेसमै रहेका कोइरालाको कारबाही अवधि सकिएको ७ वर्ष पुगेको छ । कारबाही सकिँदा पनि क्रियाशील सदस्यता नविकरण नगरिएपछि तरुणदलले जिल्ला सभापतिको ध्यानाकर्षण गराएको हो ।
जिल्लाले सदस्यता नविकरणका लागि तत्काल केन्द्रमा पहल गर्नसमेत नीहरूले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्