७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


ट्राफिकको उदाहरण दिँदै दीपकले भने, ‘महिलाको निर्देशनमा हिड्दा सफल भइन्छ’


0
Shares

काठमाडौं । हास्यकलाकार दीपकराज गिरीले महिलाको निर्देशनमा हिड्दा सफल भइने बताएका छन् ।

बुधबार कमेडी च्याम्पियनको सुटिङमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दीपकले महिलाको निर्देशनमा हिड्दा सफल भइने बताए ।

सञ्चारकर्मीले सोधेको दीपकको फिल्मसँगै व्यक्तिगत जीवन पनि दीपाले निर्देशन गरेको हो भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले महिलाको निर्देशनले जीवन सफल भइने बताएका हुन् ।

सँगै रहेकी दीपाश्री निरौला भने प्रश्न सुन्नेबित्तिकै अक्मक्किएकी थिइन् । दीपाले भने आफूले फिल्ममा मात्र निर्देशन गर्ने गरेको बताउँदै दर्शकको कुरालाई आफूहरुले सहजै स्वीकार्ने स्पष्ट पारिन् ।

त्यसमै जोड्दै दीपकले भने, ‘अहिले काठमाडौं उपत्यका घुम्नुभयो भने सबैभन्दा कडा ट्राफिक भनेको महिला हुनुहुन्छ, उनीहरुले समाते भने छोड्दैनन्, त्यसैले महिलाको निर्देशनमा हिड्यो भने सफल भइन्छ ।’

कमेडी च्याम्पियनको सुटिङका लागि दीपक र दीपा ललितपुरमा रहेको स्टुडियोमा पुगेका थिए ।