
काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिने भन्दा संक्रमण मुक्त हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा २ हजार ९२ जनामा कोरोना संक्रमण देखिँदा ३ हजार ३० जनाले संक्रमण जितेका छन् ।
स्वास्थ्य मन्त्रालयले गरेको प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले १४ हजार ९ सय ३५ जनामा गरिएको परीक्षणमा १३ दशमलव ६ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको जानकारी दिनुभयो ।
संक्रमितमध्ये काठमाडौंका ४ सय ७१ , ललितपुरका १ सय २ र भक्तपुरका १ सय ४६ जना गरी उपत्यकामा ७ सय १९ जना संक्रमित भेटिएका छन् ।
प्रवक्ता डा. पौडेलले संक्रमण पुष्टि हुने दर केही दिन यता कम भएको जस्तो देखिएता पनि प्रदेश अनुसार संक्रमण पुष्टिहुने दर फरक रहेको बताउनुभयो ।
उहाँले कर्णाली प्रदेशमा परीक्षण गरिएको मध्ये ७७ प्रतिशत व्यक्तिमा संक्रमण देखिने गरेकाले जोखिम कायम रहेको बताउनुभयो ।
यस्तै २४ घण्टा भित्र संक्रमणका कारण २० जनाको मृत्यु भएको छ । देशभर ३४ हजार १ सय ८९ जना सक्रिय संक्रमित छन् । ति मध्ये ५ सय ६३ जना आईसीयू र १ सय ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्