१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


थुलुङ दूधकोशीले भौतिक रुपमा पढाउने


0
Shares

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले विद्यार्थीको भौतिक उपस्थितमा पठन पाठन शुरु गर्ने भएको छ । यही भदौ २७ गतेबाट विद्यार्थीको भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष असिम राई जानकारी दिनुभयो ।

गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका राईले डब्लुएचओले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरी विद्यार्थीको भौतिक उपस्थितीमा पालिकाभित्रका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।

बैठकले भदौ २६ सम्ममा विद्यालयले आफ्नो आवश्यक तयारी गर्ने, विद्यालय वरपर र शौचालयको सरसफाइ गर्ने, शुद्ध खानेपानीको व्यवस्थापन गर्ने, सबै अभिभावक र विद्यार्थीहरुसँग आवश्यक समन्वय र सम्पर्क गर्ने, सबै शिक्षकहरु विद्यालय पुगेर शैक्षिक सामग्रीहरुको आवश्यक तयारी गर्ने, एक हप्तामा सबै विद्यालयले गाउँ शिक्षा शाखामा आफ्नो तयारी प्रतिवेदन बुझाउने निर्णय समेत गरिएको जनाइएको छ ।