Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


कांग्रेस केन्द्रीय समिति बैठक पुस २ सम्मका लागि स्थगित


0
Shares

काठमाडौं, मंसिर ३० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आउँदो पुस २ गतेसम्मका लागि स्थगित भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष केन्द्रीय समिति बैठकमा सहभागी नभएपछि सोमबार दिउँसोका लागि डाकिएको बैठक बस्दै नबसी पुस २ गतेसम्मका लागि स्थगित गरिएको हो ।

पौडेल पक्षले महाधिवेशनको कार्यतालिका नल्याएसम्म केन्द्रीय समिति बैठकमा सहभागी नहुने जनाउँदै आएको छ ।

विधेयक फिर्ता लिन माग

यसैबीच, नेपाली कांग्रेसले सरकारले हालै संघीय संसदमा दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सन्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ तत्काल फिर्ता लिन माग गरेको छ ।

यो विधेयकले जनताको मौलिक हक समाप्त गरेर नागरिक स्वतन्त्रता निस्तेज गर्न खोजेको भन्दै कांग्रेस संसदीय दलको तर्फबाट मुख्य सचेतक बालकृष्ण खाँणले सरकारले अगाडि बढाएको उक्त विधेयक फिर्ता लिन माग गरेका हुन् ।