७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


धनुषामा ‘बम आंतक’


0
Shares

धनुषा, मंसिर ३० ।  जनकपुरमा शंकास्पद वस्तु फेला परेको छ । 

जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा गएराति भेटिएको बम नेपाली सेनाले आज बिहान निष्क्रिय पारेलगत्तै नजिकै अर्को शंकास्पद वस्तु भेटिएको छ ।

प्रहरीका अनुसार पहिले बम भेटिएको संकटमोचन मन्दिरदेखि दुई सय मिटरजति पूर्व सरस्वती माविनजिक सडकमा शंकास्पद वस्तु भेटिएको हो।

एउटा बम डिस्पोज गरेलगत्तै देखिएको उक्त वस्तु बम हो कि होइन भनेर अहिले सुरक्षाकर्मी अनुसन्धानमा जुटेका छन् ।

विद्यालयनजिक सडक बीचमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले अहिेले त्यहाँ आवतजावतमा समेत रोक लगाएको छ।

यसअघि संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोछेउमा आइतबार राति ९ बजे बम भेटिएको थियो।

स्थानीय एक पसलेको पर्खालमा झोलामा राखिएको बम रातभर सुरक्षा घेरा हालेर राखिएको थियो।

यसअघि महेन्द्रनगरमा शुक्रबार राति बम विस्फोट हुँदा प्रहरी निरिक्षकसहित तीन जनाको मृत्यु भएको थियो ।