३२ जेष्ठ २०८१, शुक्रबार | Fri Jun 14 2024


आज विश्व स्तनपान दिवस मनाईदै


0
Shares

काठमाडौं । विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आज विश्व स्तनपान दिवस मनाइँदै छ ।

‘स्तनपान: जीवनको आधार’ भन्ने नारासहित साताव्यापी रूपमा यो दिवस मनाइँदै छ ।

शिशुलाई ६ महिनासम्म नियमित स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको हो  ।

आमाको पहिलो दूध बच्चाका लागि अमृत समान हुने र यसले बच्चामा धेरै रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउने चिकित्सकहरु बताउँछन् ।

आमाको दूधमा रोगाणु नाशक तत्व हुन्छन् । तर अझै पनि यो चेतना नहुँदा बच्चा जन्मेपछि आउने पहिलो दूधलाई मिल्काउने गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वका धेरैजसो देशमा स्तनपानको अवस्था सन्तोषजनक नरहेको जनाएको छ ।

संगठनले आमाको दूध बच्चालाई  स्वस्थ राख्ने पहिलो खोप भएको जनाएको छ ।

बाल्यकालमा प्रशस्त मात्रामा आमाको दूध खान नपाएकालाई मधुमेह रोग लाग्ने सम्भावना रहन्छ । उनीहरूको वृत्तिविकाससमेत असर पर्दछ ।

चिकित्सकहरुले बालबालिकालाई स्वस्थ राख्न ६ देखि ८ महिनासम्म आमाको दूध उत्तम आहार हुने बताएका छन् ।