
काठमाडौं । पछिल्ला दिन निरन्तरजसो सकारात्मक रहेको शेयर बजार परिसूचक साताको शुरुको दिन आइतबार भने ऋणात्मक रहन पुग्यो ।
नेप्से ऋणात्मक रहे पनि कारोबार भने उकालो लाग्यो । उतार चढावबीच नेप्से ५ अंक बराबरले ऋणात्मक रही ११ सय ६७ कायम भएर थामियो ।
व्यापार, अन्य र वाणिज्य बैंक समूह बाहेक अरु सबै समूह ओरालो लागे । जीवन बीमा समूह सबैभन्दा उच्च १ सय ५१ अंकले ओरालो लाग्यो ।
होटल समूह ४३ अंकले झर्यो । लघुवित्त ३६ अनि निर्जीबन बीमा समूह पनि ३३ अंकले ओरालो लाग्यो ।
जलविद्युत र उत्पादनमूलक समूहमा पनि दोहोरो अंकको गिरावट आयो । व्यापार समूह भने दोहोरो अंकले सुधारियो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७२ कम्पनीको २० लाख ७२ हजार कित्ता शेयर ६८ करोड ६१ लाख बराबरमा किनबेच भएको एक्सन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्