 
	    काठमाडौं । लागू औषध नियन्त्रण ब्युरोले काठमाडौंको विभिन्न स्थानबाट ९ करोड मुल्य बराबरको २ किलो ९ सय ६६ ग्राम कोकिनसहित ३ जना विदेशी कारोबारीहरु लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दक्षिण अफ्रीकी नागरिक सेर्ली गामा, भारतिय नागरिक विजय सिंह , र तान्जानियाका ग्रेटर्ड लियोनार्ड किमारो रहेका छन ।
ब्युरोको टोलीले काठमाडौको कलादीस्थित एक होटलबाट दक्षिण अफ्रिकी नागरिक गामालाइ यही भदौ ३ गते पक्राउ गरेको थियो । उनले ल्याएको कोकिन लिन आएका भारतीय नागरिक सिंहलाइ ८ गते पक्राउ परेका थिए ।
तान्जानियाली नागरिकलाई भने भदौ ९ गते पक्राउ गरिएको लागू औषध नियन्त्रण ब्युरोका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिनु भयो । ब्यूरोले आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
बरामद कोकिन दक्षिण अफ्रीकाको केपटाउनबाट दोहा हुँदै सुट्केसमा फल्सबटम बनाइ काठमाडौ ल्याइएको थियो । कारोबारीले उक्त कोकिन भारत लैजाने खोजेको ब्यूरोले जनाएको छ ।
त्यसैगरी ब्युरोको टोलीले लागुऔषध खैरो हेरोइन १ सय ९ ग्रामसहित ७ जनालाइ विभिन्न मितिमा पक्राउ गरेको जनाएको छ । उनीहरु बाट बरामद खैरो हेरोइनको बजार मूल्य १० लाख ९० हजार रहेकोे छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्