६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


भारतको कश्मीरमा वरिष्ठ पत्रकारको हत्या


0
Shares

नयाँ दिल्ली, असार १ । भारत प्रशासित कश्मीर राज्यको राजधानी श्रीनगरमा वरिष्ठ पत्रकार एवं राइजिङ कश्मीरका सम्पादक शुजात बुखारीको हत्या गरिएको छ ।

आफ्नो कार्यालयबाट निस्कँदै गर्दा बुखारीमाथि बिहीबार गोली हानेर हत्या गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका हुन् । चार जनाको समूहमा रहेको आतंकवादीले बुखारी चढेको गाडीमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

बुखारीसँगै उनको गाडीमा रहेका अरु दुई जना गम्भीर घाइते भएका छन् । पत्रकार बुखारीसँगै उनका पीएसओ पनि मारिएका छन् ।

जम्मु कश्मीरकी मुख्यमन्त्री महबूबा मुफ्तीले बुखारीको हत्या भएको खेद प्रकट गर्दै दुःख व्यक्त गरेकी छन् । (एजेन्सी)