कोभिडको डेल्टा भेरियन्ट खतरनाक रहेको बेलायती अध्ययनको निष्कर्ष « Image Khabar


कोभिडको डेल्टा भेरियन्ट खतरनाक रहेको बेलायती अध्ययनको निष्कर्ष


Border circle
Imagekhabar

एजेन्सी । कोभिड–१९ को अल्फा भेरियन्टको तुलनामा डेल्टा भेरियन्ट खतरनाक रहेको एक अध्ययनले देखाएको छ ।

बेलायतमा गरिएको अध्ययनले अहिलेको अवस्थामा अल्फाको तुलनामा डेल्टा भेरियन्टका संक्रमित दुई गुणा बढीले अस्पताल भर्ना हुने गरेको देखाएको हो । बेलायतमा पछिल्लो समय डेल्टा भेरिएन्टको संक्रमण अत्याधिक फैलिएको छ ।

जानकारहरूका अनुसार कोभिडका सबै भेरियन्ट संक्रमणबाट हुने जोखिम कम गर्न कोरोनाविरुद्धको खोप महत्वपूर्ण साबित भएको छ ।

मेडिकल पब्लिक हेल्थ इंग्ल्याण्ड र मेडिकल रिसर्च काउन्सिलको नेतृत्वमा भएको अनुसन्धानमा ४३ हजार बढी संक्रमतिलाई सहभागी गराइएको थियो ।

सहभागीमध्ये धेरैजसो कोरोनाविरुद्धको कुनै नलगाएका थिए । बेलायतमा १६ वर्ष भन्दा माथि उमेर समूहका करिब ८८ प्रतिशतले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाइसकेका छन् भने ७८ प्रतिशतले दुवै खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्