Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


काठमाडौं महानगरको आह्वान : पार्क निर्माणमा सहयोग गरौं


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न नगरबसीलाई आह्वान गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयनका लागि सहयोग गर्न सबै स्थानीयबासीलाई आह्वान गर्नु भएको हो ।

काठमाडौंको वडा नम्बर २८ मा निर्मित झिंगु इच्छुमती पार्कको उद्घाटन गर्दै मेयर शाक्यले सबै वडामा पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरिए पनि कतिपय ठाउँमा स्थानीयले सहयोग नगर्दा बन्न नसकेको गुनासो गर्नु भयो । उहाँले राम्रो पार्क र करिडोर बनाउने काममा महानगरपालिका प्रतिवद्ध रहेको पनि दोहो¥याउनु भयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले भुकुटीमण्डवभित्र ठूलो प्रर्दशनी हल बनाउन महानगरपालिकाको ध्यानाकर्षण गराउनु भयो । उहाँले त्यसका लागि महानगरपालिकलाई समाज कल्याण परिषदसमक्ष प्रस्ताव लैजान ढिलाई गर्न नहुने सुझाव दिनुभयो । कार्यक्रममा पूर्व मेयर स्थापितले इच्छुमती करिडोरको शुभारम्भ गर्नु गर्नुभयो । झिंगु इच्छुमती पार्क ३७ लाख ७० हजार लागतमा निर्माण भएको थियो ।

Skip This