२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


नवलपुरको हुप्सेकोटमा पहिरो खस्दा एकै घरका तीन जना बेपत्ता


0
Shares

बिबेक भण्डारी

नवलपुर । हुप्सेकोट ४ मा पहिरो जादाँ तीन जना बेपत्ता भएका छन । स्थानीय हस्तबहादुर पुलामीको घर पहिरोले पुर्दा तीन जना वेपत्ता भएका हुन ।

स्थानीयका अनुसार धनमाया पुलामी, भुमीसरा पुलामी र देउमाया पुलामी गरी तीन जना पहिरोमा वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार ५० बर्षीय हस्तबहादुर पुलामीसमेत पहिरोमा परेर घाइते भएका छन् । उनलाई हुप्सेकोट मावि रुम्सेमा राखिएको छ ।

घटना स्थलमा प्रहरी पुगेको र उद्दार कार्य जारी रहेको छ ।