२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024


बाजुरा जिल्लामा खाद्यान्न अभाव


0
Shares

मोहन कार्की

बाजुरा । बर्षेनी खाद्य संकटसंग मुकाविला गर्दे आएको बाजुरामा यस बर्ष पनि खाद्य संकट शुरु भएको छ । जिल्लाभरी खाद्यान्न बितरण गर्दे आएको कोल्टी शाखामा यस बर्ष पनि मौजात १ सय १८ कुइन्टल मात्र बाकी रहेको छ । चामल सकिएपछि शाखाले हप्तामा एक दिन मात्र १० केजीका दरले चामल बिक्रि गर्ने नियम बनाएको कोल्टी शाखा प्रमुख नवीन आचार्यले बताउनुभयो । पहिला दैनिक रुपमा १० केजी चामल बितरण गरीदै आएको थियो । चामलको अभाव भएपछि साप्ताहिक रुपमा एकजनालाई मात्र १० केजि चामल बिक्रि गर्न थालिएको हो ।

शाखामा चामल अभाव भएपछि चामल लिन नागरिकता बोकेरै आउनु पर्ने नियम पनि बनाईएको छ । स्थानिय संस्थानमा चामल सकिएपछि बाजुरेलीहरु बजारको महँगो चामल किनेर खान बाध्य भएका छन् ।
बजारमा पनि चामलको हाहाकार हुन थालेको छ । चामल अभाव भएपछि जिल्ला प्रशासन कार्यलय बाजुराले संस्थानको प्रदेशलाई चामल ढुवानीको लागि ताकेता समेत गरीसकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कोल्टी शाखामा मोटो चामल प्रतिकेजीमा ४८ रुपैयामा बिक्रि हुने गरेको थियो । तर बजारमा भने त्यहि मोटो चामल प्रतिकेजी ७० रुपैया भन्दा बढी पर्ने गरेको छ । तर, त्यो पनि पाउन मुस्किल पर्न थालको छ ।

मार्तडी कोल्टी सडक बर्षातले अवरोध गरेपछि बजारमा चामलको मुल्य निकै आकासिएको हो । बाजुराका उत्तरी क्षेत्रका चार वटा स्थानिय तहका बासिन्दाले भने खाद्य संकटको चरम अभाव झेल्नु परीरहेको छ । समयमै ठेकेदारले चामल ढुवानी नगर्दा खाद्यन्न अभाव भएको हो । कवाडी अस्थाइ डिपोमा भने यो भन्दा पहिला नै चामल सकिएको थियो । कवाडी अस्थाई डिपोका लागि खाद्य संस्थान बाजुराले आर्थिक बर्ष ०७७। ०७८ का लागि ३ हजार कुईन्टल चामलको कोटा स्वीकृत गराएर ठेक्का लगाएको थियो ।

मार्तडीबाट र कोल्टि बाट जिम्मा लिएका एल बि कन्टक्सन र ओम शिब कन्टक्सनले आफ्नो कोटाका चामल ढुवानी गरे बापत रकम भुक्तानी लिइसकेका छन् । धनगढीबाट ढुवानी जिम्मा लिएको बडिमालिका कन्टक्सन एण्ड अडर सप्लायर्सले ८ सय कुन्टल चामल ढुवानी नगरेको मार्तडी खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख मेखराज ओझाले बताउनु । त्यसैले खाद्यान्न संकटको यो चर अभाव झेली रहेका बाजुरेलीहरुकालागि जतिसक्दो चाडो सर्वसुलभ मूल्यमा खाद्यान्न उपलब्ध गराउन यहाँका स्थानीय तहले ध्यान दिनु आवश्क देखिन्छ ।