
काठमाडौं । नेपाल वायुसेवा निगमसँग करिब ५४ अर्ब रुपैयाँको सम्पति ५ । ठान्नुहोला, आहा १ कति धनी रहेछ । तर, त्यसलाई बेच्नु हो भने गोजीमा कति बच्ला रु जम्मा ७ अर्ब किनभने, यसको दायित्व भार (तिर्नुपर्ने) नै ४७ अर्ब रुपैयाँभन्दा बढी छ ।
२०७५ / ०७६ मा गरिएको तथ्यांकले गरिमामय राष्ट्रिय ध्वजावाहकको कहालीलाग्दो चित्र देखाउँछ । निगमको ५४ अर्ब जायजेथा पनि खासमा आफैैले आर्जेको होइन । यसका अधिकांश जग्गा जमिन सरकारले दिएका हुन् । जहाज प्रायःसरकारकै जमानीमा किनिएका हुन् । त्यति गर्दा पनि यसले व्यापार गरेर खान किन सकेन रु नेपाल एयलाइनससँगै जन्मिएको थाई एयवेजसँग ६१ वटा विमान भइसके ।
हाम्रो भने टाट पल्टिइसकेको छ, किन ? ‘नेपाल एयरलाइन्सको दयनीय वित्तीय अवस्था हुनुमा कमजोर व्यवस्थापन प्रणाली जिम्मेवार छ । उड्डयन जानकारहरुलाई भन्दा पनि बाहिरबाट आएकालाई व्यवस्थापन दिँदा नै नियम डुब्न गयो,’ निगममै काम गरिसकेका क्याप्टेन। डीके बुद्धिष्ट भन्छन् ।
आराम गर्छन जहाजजति
निगमको मुख्य कमाइको स्रोत जहाज उडाउनु नै हो । निगमसँग भएका १३ जहाजमध्ये ७ वटा ग्राउन्डेड छन् । बाँकी ६ जहाजले निगमको वित्तीय दायित्वलाई काँध दिन सकिरहेका छैनन् । दिउन् पनि कसरी रु उड्नुभन्दा पनि थन्किएर बसेपछि । उडान भर्न योग्यमा २ वटा न्यारोबडी, एउटा वाइडबडी र ३ वटा ट्वीनटर जहाज हुन् ।
निगमका बाह्य उडान भर्ने जहाजहरुले दैनिक ५६ घण्टासम्म उडान भर्न सक्छन् । तर, मुश्किलले १० घण्टा पनि उडेका छैनन् । आन्तरिक तर्फपनि दैनिक करिब ४ उडान हुने गरेको छ । निगमको २०७५ र ०७६ को वित्तीय विवरणअनुसार त्यतिन्जेल यसले १ अर्ब ९६ करोड रुपैयाँ घाटा व्यहोरेको थियो । निगमको घाटा वार्षिक करिब २ अर्ब नजिक पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्