
सप्तरी, मंसिर २७ । महिलामाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका वडाध्यक्षको रिहाइको माग गर्दै स्थानीयबासीहरुले शुक्रबार सप्तरीको राजविराजमा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
शम्भुनाथ नगरपालिका –१२ का अध्यक्ष लक्ष्मी साहलाई बुधबार प्रहरीले महिलाको उजुरीका आधारमा पक्राउ गरेको थियो ।
वडा अध्यक्ष साह निर्दोष रहेको भन्दै उनीहरुले विना शर्त रिहाइको माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्