नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीले पाए दल दर्ताको प्रमाणपत्र « Image Khabar


नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीले पाए दल दर्ताको प्रमाणपत्र

देउवालाई मन्त्रिपरिषद विस्तारका लागि खुल्याे बाटाे

Border circle
Imagekhabar

काठमाडौं । निर्वाचन आयोगले दुई नयाँ पार्टीलाई दर्ता गरी प्रमाणपत्र दिएकाे छ ।

प्रमाणपत्र पाउनेमा नेकपा एमालेबाट फुटेर बनेकाे नेकपा (एकीकृत-समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी हुन् ।

बुधबार दिउसो दुबै पार्टीका तर्फबाट पेश भएका नामहरुको सनाखत सम्पन्न भएको थियो ।

आयोगले बेलुकीपख दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिएको हाे ।

दुबै दल दर्ता गर्ने निर्णय भएको र आजै प्रमाणपत्र दिइएको आयोगका प्रबक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

दल दर्ताको प्रमाणपत्र लिएसँगै नेकपा एकीकृत समाजवादीलाई सरकारमा जाने बाटो पनि खुलेको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी दल दर्ता हुन नसकेकैले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न सक्नुभएकाे थिएन ।

प्रतिक्रिया दिनुहोस्