 
	    काठमाडौं, साउन १५ । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीले जितेको छ ।
लिगको अन्तिम खेलमा मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै सशस्त्रले उपाधि जितेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सशस्त्रलाई जिताउनेक्रममा सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । आर्मीका लागि पुनम जर्घामगरले एक सान्त्वना गोल फर्काइन् ।
प्रतियोगितामा रौतहट जिल्ला फुटबल संघ तेस्रो भएको छ ।
आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबले काठमाडौं जिल्ला फुटबल संघलाई ९–० ले पराजित गरे पनि तेस्रो हुन सकेन ।
पाँच टोलीले सहभागिता जनाएको प्रतियोगितामा उपाधिसँगै सशस्त्रले दुई लाख तथा उपविजेता आर्मीले एक लाख रुपैयाँ जितेका छन् । तेस्रो भएको रौतहटले ५० हजार पायो ।
सशस्त्रकी सावित्रा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले २५ हजार रुपैयाँ जितिन् ।
व्यक्तिगत विधातर्फ गोलकिपरमा अन्जली थुम्बापो सुब्बा, डिफेन्डरमा पुनम, मिडफिल्डरमा रेनुका नगरकोटी, फरवार्डमा राशीकुमारी घिसिङ र प्रशिक्षकमा जनक सिंह उत्कृष्ट ठहरिए । एकल विधाका विजेताले जनही १० हजार रुपैयाँ जितेका छन् ।
यो प्रतियोगिताको आधारमै साफ च्याम्पियनसिपका लागि खेलाडीहरु छनोट हुने जनाइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्