२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सरकारले बेरुजु फर्छ्यौट नगर्ने र अनियमितता गर्नेलाई कारवाही गर्नुपर्छ : डा. शेखर


13
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा बेरुजु र अनियमितताको अंक बढ्दो रहेकोमा दुख व्यक्त गर्नुभएको छ ।

उहाँले सरकारले बेरुजु फर्छ्यौट र अनियमिता गर्नेलाइ कारवाही गर्ने तर्फ पाइला चाल्नु जरुरी रहेको बताउनु भएको छ ।

‘वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमितालाई कारवाही गर्ने तर्फ पाइला चाल्नु जरुरी छ ।’ कोइरालाले आइतबार ट्विट गर्नुभएकाे छ ।

शेखरले सरकारको इच्छाशक्ति भए बेरुजु फर्छ्यौट र अनियमिता गर्नेलाई कारवाही गर्न सकिने बताउनुभयो । महालेखा परीक्षकको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको हो ।